Odisha News Portal

जोटाको डेब्यु गोलमा लिभरपुलको पूनरागमन जित

0 2

एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को सहज जित हात पारेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे । एलेक्सान्द्रे लाकाजेटले गरेको गोल सान्त्वना गोल बन्यो ।

खेलको १२औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसमा भर्जिल भान डाइकको प्रहारलाई आर्सनलका रक्षक डेभिड लुइजले क्लियर गर्दै लिभरपुलको अग्रता टारे । लगत्तै १३औं मिनेटमा नावी केइटाको प्रहार रोव होल्डिङलाई डिफ्लेक्ट हुदै पोस्टबाट थोरै बाहिरियो । १५औं मिनेटमा साडियो मानेको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले मुस्किलले बचाए ।

२१औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई गोलरक्षक लेनोले बचाएपछि लिभरपुल अग्रता लिनबाट चुक्यो । लगातार दवावमा परेको आर्सनलले २५औं मिनेटमा एलेक्सान्डर लाकाजेटको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।

एन्ड्रिउ रोबर्टसनको गम्भीर गल्तीमा अफसाइड पोजिसनमा रहेका लाकाजेटले गोल गर्न सफल भएका थि । एइन्सले मेटल्यान्ड नाइल्सको पासलाई रोबर्टसनले क्लियर गर्न खोज्दा लाकाजेटको पास उपलब्ध हुन पुगेको थियो । तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन ।