Odisha News Portal

एभर्टनका लेविन ‘प्लेयर अफ दि मन्थ’

0 14

एजेन्सी । एभर्टनका फरवार्ड डोमिनिक काल्भर्ट लेविन प्रिमियर लिगको ‘प्लेयर अफ दि मन्थ’ चुनिएका छन् ।लेविन प्रिमियर लिगको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

लेविनले एभर्टनका लागि सेप्टेम्बर महिनामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।उनको उत्कृष्ट प्रदर्शनसँगै एभर्टन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।एभर्टनले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ ।

उनले सेप्टेम्बरमा ५ गोल गरेका छन् ।लेविनले पहिलो पटक यस अवार्ड जितेका हुन् ।यस्तै चार वर्षपछि यस अवार्ड जित्ने उनी एभर्टनको पहिलो खेलाडी हुन् ।यस अघि सन् २०१७ मा रोमेरो लुकाकुले यस अवार्ड जितेका थिए ।