Odisha News Portal

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन

0 4

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह जी मा परेका छन् ।यि दुई खेलाडी २०१८ पछि पहिलोपटक एक आपसमा भिड्ने तय भएको हो । च्याम्पियन्स लिगमा भने चौथो भेट हो । स्पेनिस ला लिगाको एल क्लासिकोमा यि दुई खेलाडीको प्रतिस्पर्धा हुने गरेको थियो ।

च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोले पहिलोपटक २००७–०८ को सिजनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा तथा मेस्सी बार्सिलोनामै रहेका थिए । उक्त खेलमा युनाइटेड समग्रमा १–० ले विजयी भएको थियो ।

यस्तै यसै सिजन साटफेर भएका अर्थर मेलो र मिरालेम प्यानिचले पनि आफ्नो पुर्व क्लबविरुद्ध खेल्नेछन् । अर्थर युभेन्ट्समा तथा प्यानिच बार्सिलोना आएका थिए ।